
भोजपुर, २७ भदौ । प्रदेश १ को पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको पर्यटकीय गन्तव्यमा सूचीकृत ऐतिहासिक एवं धार्मिक पर्यटकीय क्षेत्र ‘नागछाँगा’ ओझेलमा परेको छ । रामप्रसाद राई गाउँपालिका र तत्कालीन जिल्ला विकास समितिको लागतमा नागछाँगा पुग्ने गोरेटो बाटोसँगै केही संरचनासमेत निर्माण गरिएको छ । उचित प्रचारप्रसार नहुँदा पर्यटकीय क्षेत्र नागछाँगा ओझेलमा परेको हो ।
गाउँपालिका-६ बैकुण्ठे र वडा नं २ धोद्लेखानीको सीमामा प्रसिद्ध धार्मिक तीर्थस्थल नागछाँगा पर्दछ । जहाँ ढुङ्गामा नागको चित्र देख्न सकिन्छ । परापूर्वकालमा सक्कली नाग बस्ने गरेको तर नजिकै रहेको गोल्माराजा र रानी भिरको राक्षस आएर मार्न खोजेपछि नाग भागेको किंवदन्ती रहेको पुजारी जयप्रसाद निरौला बताउँछन् ।
उक्त स्थानमा रहेको छाँगामा परापूर्वकालमा प्रत्यक्ष नाग नै देखिने गरेको स्थानीयको भनाइ छ । त्यसस्थानमा रहेको ठूलो आकर्षक झरनाबाट पानी झर्ने गरेको तर छाँगामाथि रहेका दुई वटा मूलको पानी बस्तीमा लैजाँदा पानी सुक्दै गएको छ ।
त्यस क्षेत्रमा रहेका नागछाँगा जस्ता ऐतिहासिक महत्वका सम्पदाको बृहत्तर विकास र संरक्षणका लागि रामप्रसाद राई गाउँपालिकालेसमेत आवश्यक योजना बनाएको गाउँपालिकाले जनाएको छ । त्यस क्षेत्रको विकासका लागि बेहेरे विकास समाज उपसमिति रामप्रसाद राई गाउँपालिकाले स्थानीयस्तरमा छलफलसमेत चलाएर संरक्षण अभियानमा जुटेका स्थानीय बाजेन्द्र राईले बताए ।
भोजपुरमा पर्यटकीय क्षेत्रमा सिलिचुङ, ट्याम्के, सेल्मे, सुन्तले, दिङ्ला, मैयुँम, हतुवा, साल्पा पोखरी, हाँसपोखरीलगायत रहेका छन् । जिल्लाका यस्ता क्षेत्रलाई पर्यटन विकास केन्द्रका रुपमा विकास गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारले पनि विशेष योजना ल्याउनुपर्ने स्थानीय बासिन्दा सन्तोष श्रेष्ठको भनाइ छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



