भोजपुरमा कोरोनाविरुद्धको खोप अभियान जारी

-



     सफल आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित



भोजपुर, २८ भदौ । पाँचदेखि एघार वर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने अभियान भोजपुरर जिल्लामा जारी रहेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीका अनुसार कोरोना रोकथामका लागि यहाँका हालसम्म १६ हजार पाँच सय २४ बालबालिकाले खोप लगाइसकेका छन् ।

पहिलो मात्रा खोप लगाएकाहरूका लागि पुनः दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए । भदौ २७ गते सोमबारदेखि जिल्लमा दोस्रो चरणको अभियान सुरु भएको छ । खोपका लागि तोकिएको उमेर समूह विद्यालयमा बढी हुने भएकाले विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र कायम गरिएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा अहिलेसम्म १ लाख ७ हजार ७ सय ५४ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । खोपबाट कोही वञ्चित नहून् भन्नका लागि जिल्ला अस्पतालमा समेत हप्तामा एक दिन खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।