
काठमाडौं, २८ भदौ । नेपाल प्रहरीको साइबर ब्यूरोले बच्चा चोरी गर्ने गिरोह नेपाल प्रवेश गरेको र बच्चा चोरी गरेको विषयमा कुनै उजुरी नपरेकाले भ्रम नफैलाउन सबैमा आग्रह गरेको छ । ब्यूरोले सोमबार एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि उजुरी हालसम्म प्रहरीसमक्ष नआएको बताएको छ ।
ब्यूरोले ‘भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरु नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरु चोरी गरी भारत लगेर मिर्गौला, आँखालगायतका शरीरका विभिन्न अंगहरु झिकी बिक्री गर्ने गरेको’ व्यहोरा लेखेर सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख पनि गरेको छ ।
‘सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैं देशभर रहेका कुनै पनि प्रहरी कार्यालयमा हालसम्म कुनै पनि माध्यमबाट कुनै पनि उजुरी/सूचना प्राप्त भएको छैन,’ ब्यूरोले सूचनामा लेखेको छ ।
यस्ता अफवाह र भ्रामक जानकारी सामाजिक सञ्जालमार्फत् फैलिएपछि ब्यूरोले सूचना जारी गरेर यस्तो काम नगर्न आग्रह गर्दै यसलाई निरन्तरता दिएमा कानून बमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको हो ।

‘हालसम्म प्रहरीमा कुनै व्यक्तिले अर्को मुलुकबाट आएका गिरोहले बच्चा चोरी गरेको भन्ने उजुरी नदिएको र सामाजिक सञ्जालमा भने यस प्रकारको भ्रामक सूचना फैलिरहेकोले अपराध नहोस् भन्ने हिसाबले हामीले सचेत गराउन खोजेका हौं’, ब्यूरोको उप निर्देशक तथा प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले सफलआवाजलाई बताए ।
यस्ता सूचनाले जनमानसमा त्रास फैलने भन्दै उनले ब्यूरोलयागत प्रहरीका अन्य सम्बन्धित निकायले अनलाइनमा भइरहेका यस्ता गतिविधिको ट्र्याकिङ गरिरहेको र सूचना बेवास्ता गरेर भ्रामक सूचना फैलाइरहे आवश्यक कारबाही हुने पनि बताए ।
सामाजिक सञ्जालका यस्ता सूचना भ्रामक भएको भन्दै ब्यूरोले विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए तुरुन्त प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणलाई सूचनामार्फत् आग्रह समेत गरेको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



