युक्रेनको द्वन्द्वग्रस्त क्षेत्रबाट ७५ हजार जना सुरक्षित स्थानमा सारिए

-



     सफल आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित



किएभ, २८ भदौ । युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजारभन्दा बढी सर्वसाधारणलाई  सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । युक्रेनी पुनर्मिलन मन्त्रालयका अनुसार डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब ३० हजार जनालाई किएभ नियन्त्रित स्थानमा सारिएको हो ।

मन्त्रालयका अनुसार  डोनेट्स्क क्षेत्रका साथै रूस नियन्त्रित दक्षिण युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रबाट ५० हजार जनालाई किएभ नियन्त्रित स्थानमा सारिएको छ । युक्रेनले गत अगष्टदेखि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण थालेको हो । उपप्रधानमन्त्री इरिना भेरेश्चुकले द्वन्द्वग्रस्त अन्य क्षेत्रबाटबाट पनि नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिने बताएकी छिन् ।