थप २ सय ३ मा कोरोना सङ्क्रमण, १ सय २६ डिस्चार्ज

-



     सफल आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित



काठमाण्डौ, २८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ३ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ५ हजार ५९ जनाको नमूना परीक्षण गरिएकोमा २ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

१ हजा ३ सय जनाको पीसीआर गर्दा ८७ जनामा तथा ३ हजार ७५९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १६ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १ सय २६ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित २ हजार २३२ मा झरेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख २९ हजार ८०७ जनाले कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क छ । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।