इष्टर्न हाइड्रोकाे आईपीओमा मागको ९६ प्रतिशत मात्रै आवेदन

-



     सफल आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २० भदौ । इष्टर्न हाइड्रोपावरले खुलाएको आईपीओका लागि मंगलबार साँझ ५ बजेसम्म मागभन्दा कम आवेदन परेको छ । कम्पनीले गत भदौ ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरको ६ लाख २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरमा आयोजना प्रभावित भोजपुर जिल्लाका जनताले आवेदन दिने पाउने व्यवस्था गरिएको छ ।

उक्त आईपीओमा आवेदन दिने म्याद आज भदौ २८ गते मंगलबारसम्म तोकिएकोमा आज साँझ ५ बजेर १ मिनेट जाँदासम्म ५ लाख ९२ हजार ९६० कित्ताका लागि आवेदन परेको छ ।

उक्त समयसम्म कुल ४ हजार २९८ आवेदकले ५ करोड ९२ लाख ९६ हजार बराबरको ५ लाख ९२ हजार ९६० कित्ता शेयरको लागि आवेदन दिएका सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । यो आँकडा मागको ९५.६३ प्रतिशत हो ।

लगानी गर्न चाहनेले न्यूनतम १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउने उक्त कम्पनीको कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग दिएकाे छ जसको मतलब दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको भन्ने हुन आउँछ । सेयरमा लगानीका लागि लगानीकर्ताले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुरमा रहेका शाखाहरुबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।