
काठमाडौं, २९ भदौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बिक्री गरेको सेयर गत भदौ २८ गते मंगलबार बाँडफाँट गरेको हो ।
कम्पनीले गत असार १३ गतेदेखि साउन ३१ गतेसम्म म्याद तोकेर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ६८ लाख ४२ हजार १ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो ।
उक्त सेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड-१ थुमन र वडा-२ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं ४ गोल्जुङका बासिन्दाले आवेदन दिनसक्ने व्यवस्था थियो ।
यसैगरी वडा नं ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं ४ लाङटाङ, वडा नं ५ स्याफ्रुबेशी र वडा नं ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाको आवेदन परेको कम्पनीले जानकारी दिएको छ ।
यो बाँडफाँट निष्कासन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५:१.५:१ को अनुपातमा भएको जनाइएको छ ।
कम्पनीको सेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, सह निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलको वेबसाइट अथवा सिडिएस एण्ड क्लियरिङ्गको वेबसाइटबाट हेर्न सकिने कम्पनीले जानकारी दिएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



