
संयुक्त राष्ट्रसङ्घ, २९ भदौ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले विश्वमा देखा परिरहेका विभिन्न साझा समस्या तथा चुनौतीहरुको समाधानाका लागि विश्वका देशहरु ऐक्यबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।
मङ्गलबार संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभाको उद्घाटनका क्रममा उनले सो कुरा बताए। उनले यस्ता समस्याको समाधानका साथै आगामी दिनमा पनि देखा पर्नसक्ने सबै प्रकारका चुनौतीहरुलाई समाधान गर्नका लागि सबै सदस्य राष्ट्रहरु एक भएर लाग्नुपर्ने बताए।
सो सभालाई सम्बोधन गर्दै महासचिव गुटरेसले यसअघिको ७६ औँ महासभाको उद्घाटनका क्रममा पनि हाम्रासामु धेरै प्रकारका चुनौतीहरुको पहिचान भएको थियो, तर ती अहिले पनि हामीसँगै छँदैछन् भने । ती समस्यालाई आगामी दिनमा सबैको समान प्रयासबाट समाधान निकाल्न सकिन्छ उनले भने ।
शान्ति, मानव अधिकार तथा जलवायु परिवर्तनका समस्याहरु हाम्रा सामु रहेकाले तिनको समाधानमा हामी सबै लाग्नुपर्छ उनले भने।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




