
काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले थापागाउँ र नयाँ बानेश्वर क्षेत्रमा पनि डोजर लगाएको छ । त्यस क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा डोजर चलाइएको हो ।
आज महानगरले ६ मिटर चौडा बाटो रहेको थापागाउँ क्षेत्रको गल्लीमा डोजर लगाएको हो । बाटो मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भागमा डोजर लगाइएको महानगरले जनाएको छ । यो क्रममा दुई वटा टहरा पनि हटाइएको छ ।
थापागाउँबाहेक नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचनामा पनि डोजर लगाइएको छ । नयाँ बानेश्वरको सडक सीमा मिचेर बनेका संरचना र पसल महानगरपालिकाले डोजर लगाएर हटाएको छ । महानगरले संसद् भवनको पश्चिमपट्टी नयाँ बानेश्वर चोकमा रहेको सूर्य–उजेली भवनमा रहेको नक्सापासविपरीत बनेको बेसमेण्टमा महानगरले डोजर चलाएको हो ।
नक्सा पास गर्दा पार्किङ भनिएको र त्यसमा पसल राखेको पाइएपछि महानगरले डोजर लगाएको हो । भत्काउने क्रममा घरधनी र महानगर प्रहरीबीच विवाद भएको थियो । पछि पसलमा रहेका सामान हटाएर बेसमेण्ट भत्काउने सहमति भएको बताइएको छ ।
मेयर बालेन शाहको अगुवाईमा महानगरले असन, जयनेपाल हल, धोबिखोला करिडोर लगायतका ठाउँमा सार्वजनिक जग्गमा मिचेर र नक्शापास नगरी बनाइएका संरचना भत्काउँदै आएको छ । सार्वजनिक जग्गा र फुटपाथलगायतमा व्यापार व्यवसाय गर्न वा निजी संरचना बनाउनु कानून विपरीत रहेको भन्दै महानगरले भत्काउन शुरु गरेको हो । यस्ता संरचनाले पैदलयात्री तथा सवारीसाधनलाई अप्ठेरो पारेको मात्र नभई शहर नै कुरुप बनाएको महानगरको भनाइ छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



