
पोखरा, १ असोज । गायक सरोजगोपाल बज्राचार्यको आठौं स्मृति दिवसका अवसरमा शनिबार पोखरामा ‘सरोजगोपाल स्मृति सांगीतिक साँझ’ सम्पन्न भएको छ ।
पोखरेली युवा सांस्कृतिक परिवारले संस्थाका संस्थापक अध्यक्ष रहेका गायक बज्राचार्यको सम्झनामा आयोजना गरेको सांगीतिक साँझमा विभिन्न गायक गायिकाहरुले बज्राचार्यद्धारा स्वरबद्ध गीतहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कलाकार बाबा राणा, तारा थापा, कविता आलेमगर, रामभक्त जोजिजू, इतु जोजिजू, विनोद बानियाँ, विनित जोजिजू, फिरोजगोपाल बज्राचार्य र आनन्दराज बज्राचार्यले प्रस्तुति दिएका थिए ।

‘करोडौं मुटुहरुकाे एउटै ढुकढुकी नेपाल, जोवन साँचेको मैले, गाइले पराल खायो बरिलै, बिर्सीजाने निष्ठुरीलाई, के माया लाउँथि र हो, मायालुको मोहनी बोली, खुट्टामा निल परे पर्ला, देउराली उकाली चढेर, नक्कलीलाई भगाइ लग्यो झिल्केले, पूर्खाका साना दुखले होइन आर्जेको माटो यो’ गरी ९ वटा गीतहरु गायक गायिकाहरुले प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि सरुभक्त श्रेष्ठ र अजर अमर गीतहरुका साेधकर्ता प्रकाश सायमीले नेपाली गीत संगीतको क्षेत्रमा गायक बज्राचार्यको महत्वपूर्ण योगदान रहेको स्मरण गरे । सो अवसरमा लेखक रबीन्द्र माकाजूद्धारा लिखित ‘सरोजगोपाल’ पुस्तकको पनि विमोचन गरिएको थियो ।
वि.सं. २००९ साल मंसिर २ गते पोखरामा जन्मिएका बज्राचार्यको २०७१ साल साउन २९ गते निधन भएको थियो ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



