प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

-



     सफल आवाज    
     असाेज २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ असाेज । प्रतिनिधिसभाको चालु ११औँ अधिवेशन गएराति १२ः०० देखि अन्त्य भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको शनिवारकाे बैठकमा सो सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी गराएका थिए ।

नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।