
किर्गिस्तान (विश्केक), २ असोज । ताजिकिस्तानसँगको हालैको सीमा झडपमा कम्तिमा ३६ जनाको मृत्यु भएको किर्गिस्तानको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । मध्य एशियाका छिमेकीबीचको पछिल्लो सयम हिंसा बढेको छ ।
(किर्गिज) बाटकेन क्षेत्रमा सशस्त्र द्वन्द्वको परिणाम स्वरूप मृत्यु हुनेको कुल सङ्ख्या ३६ र अन्य एक सय ३४ जना घाइते भएका मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ । मन्त्रालयले यसअघि दिएको जानकारीमा मृत्यु हुनेको संख्या २४ पुगेको थियो । ताजिकको आन्तरिक मन्त्रालयले शनिबार भएको झडपमा सर्वसाधारण मारिएका बताए पनि तथ्याङ्क भने दिएको छैन ।
शुक्रबार युद्धविराम गर्न दुवै पक्ष सहमत भएपनि त्यसको उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् । शनिबार थप झडपपछि, रात केही घटनाबिना शान्तपूर्वक बितेको किर्गिज सीमा अधिकारीले आइतवार बिहान जानकारी दिएका छन् ।
देशको नेतृत्वले स्थितिलाई स्थिर बनाउन, द्वन्द्वको प्रयासलाई रोक्न शान्तिपूर्ण तरिकाले सबै उपाय गरिरहेको सीमा अधिकारीले बताएका छन् । शनिबार, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुबै पक्षका नेतृत्वलाई स्थायी युद्धविरामका लागि वार्तामा संलग्न हुन आह्वान गर्नुभएको उहाँका प्रवक्ताले जानकारी दिए।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




