
काठमाडौ, २ असोज । टुकुचा खोलाको सुरुङमाथि बनेका संरचना तत्काल नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले जारी गरेको आदेशमा ‘कानुनबमोजिम रित पुर्याएर संरचना बनाएकाले उचित मुआब्जा नदिई संरचनाहरू हटाउन नमिल्ने’ उल्लेख गरिएको छ । अदालतले अन्तरिम आदेशको छलफलका लागि अदालतले दुवै पक्षलाई बुधबार बोलाएको छ ।
काठमाडौं महानगरका मेयर बालेन शाहको अगुवाईमा असन, जयनेपाल हल, धोबिखोला करिडोर लगायतका ठाउँमा सार्वजनिक जग्गमा मिचेर र नक्शापास नगरी बनाइएका संरचना भत्काउने क्रम जारी छ ।
सार्वजनिक जग्गा र फुटपाथलगायतमा व्यापार व्यवसाय गर्न वा निजी संरचना बनाउनु कानून विपरीत रहेको भन्दै महानगरले भत्काउन शुरु गरेको हो । यस्ता संरचनाले पैदलयात्री तथा सवारीसाधनलाई अप्ठेरो पारेको मात्र नभई शहर नै कुरुप बनाएको महानगरको भनाइ छ ।
यसै क्रममा केही दिन यता जय नेपाल हलदेखि कमलादीसम्म टुकुचा पुरिएको भन्दै महानगरले डोजर लगाएर टुकुचा खोज्ने काम गरिरहेको छ । जय नेपाल हल, सिद्धार्थ बैंक तथा लक्ष्मी बैंक रहेको उक्त क्षेत्रमा कानून विपरीत रहेको भेटिएमा जस्तोसुकै व्यापारिक भवन पनि भत्काउन पछि नपर्ने भन्दै महानगर लागिपरेको छ । यसै सम्बन्धमा आज उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



