
काठमाडौं, ४ असोज । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोतल्न थालेकोप्रति पुरातत्व विभागको ध्यानाकर्षण भएको छ । महानगरले राजदरबारबाट निस्केपछि हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोज्न अभियान चलाएपछि विभागको ध्यान तानिएको हो ।
विभागले जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म परम्परागत प्रविधिबाट भूमिगत गरिएको टुकुचा पुरातात्विक पूर्वाधार भएको भन्दै महानगरले खोतल्न थालेपछि त्यसबारे अध्ययन गर्ने भएको हो ।
विभागले टुकुचामा महानगरले उत्खनन गरिरहेको पूर्वाधारबारे अध्ययन गर्न एक टोली खटाएको छ । उक्त टोलीले अध्ययन गरेर टुकुचा भूमिगत गरिएको क्षेत्रको पूर्वाधारबारे प्रतिवेदन बुझाउने विभागको भनाइ छ ।

करिब १३० वर्षभन्दा अगाडि नै राणा प्रधानमन्त्री वीरशम्शेरले भूमिगत गरेको अनुमान गरिएको टुकुचा खोला पुरातात्विक महत्वको हुनसक्ने विभागको अनुमान छ ।
खोला भूमिगत गर्न बनाइएको गुम्बज शैलीको ‘ढल प्रणाली’मा आधारित इँटाबाट निर्मित पूर्वाधारको ऐतिहासिकताबारे अध्ययन विभागको टोलीले अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ ।
सय वर्षभन्दा पुराना सम्पदालाई विभागले पुरतात्विक वस्तु र सम्पदाका रुपमा सूचीकृत गर्छ । यस्ता प्राचीन सम्पदालाई स्मारक संरक्षण ऐनअनुसार संरक्षण गर्नुपर्ने विभागको दायित्वमा पर्दछ । यस हिसाबले पनि विभाग टुकुचाको पूर्वाधार अध्ययनका लागि जुटेको बुझिएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



