
कैलाली, ४ असोज । अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा विगत ९ दिनदेखि अनसन बसिरहेका डा. केसीको आमाशयमा रक्तस्राव भएपछि काठमाडौं पठाउने तयारी भइरहेको छ ।
डा. केसीले काठमाडौं जान नमाने पनि उनको जीवन रक्षाको लागि अस्पताल प्रशासनले जबर्जस्ती काठमाडौं पठाउने तयारी गरेको बुझिएको छ । डा. केसी आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडानमा रहेकाले स्वास्थ्य गम्भीरतालाई ध्यानमा राख्दै काठमाडौं पठाउने व्यवस्था गर्न लागिएको अस्पतालको भनाइ छ ।
काठमाडौंबाट डा. केसीलाई पठाउन आग्रह गरिएसँगै तयारी थालिएको तर डा. केसी जान नमानेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सफलआवाजलाई बताए । उनले भने, ‘यहाँको अस्पतालका चिकित्सकले उपचार नहुने बताएपछि हामीले काठमाडौंमा समन्वय गरी उहाँलाई पठाउने तयारी गर्यौं । तर उहाँ मानिरहनु भएको छैन । वार्ता पनि हुँदैछ भन्ने सुन्नमा आएको छ ।’

डा. केसीको उपचारमा संलग्न चिकित्सकले डा केसीको सुगर र प्रेसर निकै कम रहेको र आमाशयबाट पनि रक्तश्राव भइरहेको बताएका छन् ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



