
काठमाडौं, ११ असोज । काठमाडौं महानगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन शुरु गरेको छ । अनुगमन टोलीले सरकारी कार्यालयको गोदाममै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ ।
टोलीमा संलग्न एक अधिकारीका अनुसार अरुवा मकवानपुरे चामलमा म्याद सकिने मिति २ वर्ष लेखिएको तर उत्पादन मिति नलेखिएको पाइएको हो । यसबाहेक अन्य सामानमा ब्याज नम्बर नबुझिने गरी लत्पतिएको र स्टोरमा रहेका अधिकांश सामानको म्याद सकिनै लागेको पाइएको छ ।
यस्तो सामग्री भेटिए पनि आफूहरुले मिति सकिएका खाद्य सामग्री जानी जानी हालसम्म नबेचेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेशको भनाइ छ । कतिपय सामान गोदाममा राख्दा मिति नभएको हुनसक्ने भएकाले सच्याइने विभागको प्रतिबद्धता छ ।
हाल तीनओटा टोलीले बजार अनुगमन गरिरहेको महानगरले जनाएको छ । आज टोलीले टुकुचा खोलाको खसी बजारसहित विभिन्न क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनका क्रममा बजारमा अखाद्य वस्तु बेच्ने गरेको तथा महानगरमा व्यवसाय नै दर्ता नगरेको पाइएको छ ।
चाडपर्व लक्षित गरी गरिएको यो अनुगमन अब नियमित रुपमा हुने महानगरकी उपप्रमुख सुनिता डंगोलले बताइन् । पहिलोपटक भएका कारण महानगरले आज कसैलाई कारबाही गरेको छैन । फेरि पनि यस्तो भेटिएमा कानूनी बमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।
महानगरका अनुसार आज होटल, खाद्य सामग्री, नियमित प्रयोग हुने तरकारी, गोदाम, व्यवसाय दर्ता, नवीकरण, उपभोग्य मिति, प्याकेजिङ जस्ता कुरालाई विशेष ध्यानमा राखेर अनुगमन गरिएको हो ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



