
काठमाडौं, १३ असोज । बीमा समितिमा लघु बीमा कम्पनीको लाइसेन्सका लागि ३१ कम्पनीको आवेदन परेको छ । समितिले आवेदन खुलाएको केही दिन कुनै आवेदन नपरे पनि लगभग म्याद सकिँदै गर्दा ३१ ओटा कम्पनीले आवेदन दिएका हुन् । यसका लागि आवेदन हिजो बुधबारसम्म ७ कम्पनीको मात्र आवेदन परेकोमा आज बिहीबारसम्म २४ ओटा थपिएर ३१ कम्पनी पुगेका समितिले जानकारी दिएको छ ।
चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार समितिले गत भदौ १० गते ७ ओटा लघु बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गरेको थियो । यसका लागि शुरुवाती दिनमा कसैको आवेदन नपरे पनि म्याद सकिने म्याद आज मध्याह्न १२ बजेसम्म १५ जीवन तथा १६ ओटा निर्जीवन कम्पनीले लाइसेन्सका लागि आवेदन दिएका हुन् ।
समितिले ३ जीवन बीमा र ४ निर्जीवन बीमा गरी ७ लघुबीमा कम्पनी स्थापनाको लागि प्रस्ताव आह्वान गरेको हो । आजसम्म आवेदन दिएका कम्पनीहरुको विस्तृत अध्ययन गरी समितिले ७ ओटा कम्पनी चयन गर्ने बताएको छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार लाइसेन्स दिनका लागि अध्ययन गर्न समितिले जारी गरेको निर्देशिका अनुसार एक उपसमिति गठन गरिनेछ । उक्त उपसमितिले तोकिएका मापदण्ड पूरा गर्ने लघुबीमा कम्पनीलाई लाइसेन्स दिन समिति समक्ष सिफारिश गर्नेछ । जुन कम्पनीले सबैभन्दा धेरै अंक प्राप्त गर्छ सोही कम्पनीले लाइसेन्स पाउने छ ।
प्रस्तावित लघुबीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड हाराहारी हुनुपर्ने व्यवस्था रहेको छ । यसबाहेक प्रस्ताव गर्ने संस्थापकहरु एकै किसिमको बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुमा हुन नहुने अनिवार्य गरिएको छ ।
यस्तो छ अन्तिम आवेदकको सूची:







काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



