
काठमाडौं, १४ असाेज । ग्रीन भेन्चर्स लिमिटेडले डीलै भएपनि गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण अनुसार ९ करोड १९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको देखिएकाे छ । अघिल्लो पालामा साेहि अवधिमा कम्पनी घाटामा रहेको थियो । साे समयमा कम्पनीकाे घाटा ९ करोड ७९ लाख रुपैयाँ रहेकाे थियाे ।
कम्पनीकाे विद्युत् बिक्रीबाट ९४ करोड ४३ लाख रुपैयाँ आम्दानी रहेकाे छ । विद्युत बिक्रीमा भएकाे आम्दानी पछि नाफामा बृद्धि भएकाे हाे । तर कम्पनीको प्रशासनिक खर्चमा ११ लाखले बृद्धि भएकाे भएको छ । अघिल्लो वर्ष साे खर्च ४ लाख रुपैयाँ रहेकोमा गत वर्ष बढेर ४५ करोड ११ लाख रुपैयाँ पुगेको जनाइएकाे छ ।
कम्पनीकाे सेयर पूँजी ३ अर्ब रु १२ करोड ५० लाख रहेको छ । रिटेन अर्निङ भने ११ करोड १४ लाख रुपैयाँ ऋणात्मक देखिएकाे छ । असारकाे अन्त्यसम्म इपिएस आम्दानी ३ रुपैयाँ ४१ पैसा छ । यसअघी प्रतिसेयर आम्दानी ४२ पैसा नोक्सानीमा थियो । नेटवर्थ ९६ रुपैयाँ ४३ पैसा रहेकाे छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



