म्यानमारमा ५.२ म्याग्नीच्युडको भूकम्प

-



     सफल आवाज    
     असाेज १४ गते २०७९ मा प्रकाशित



म्यानमार, १४ असाेज । म्यानमारमा शुक्रबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३ ः५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।

भूकम्पबाट हालसम्म धनजनको क्षतिको कुनै विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । यस भूकम्पको केन्द्रविन्दु करिब एक सय ४० किमीमिटर गहिराईमा २३.०९ डिग्री उत्तरी अक्षांश र ९५.०१ डिग्री पूर्वी देशान्तरमा रहेको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।