
संयुक्त राष्ट्रसङ्घ, १६ असोज। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् ।
उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सरकारमाथि हस्तक्षेप गरेको भन्दै पहिलेकै अवस्थामा फर्किन उहाँले बुर्किना फासोको सैनिकलाई आग्रह गरेका हुन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएका हुन्। सेनाका तल्लो तहका अधिकारीहरूले शुक्रबार यसैवर्ष सेनाको बलमा गरिएको सैनिकको विद्रोहमार्फत् सत्तामा आएका सेनाप्रति बफादार मानिएको भनिएका एक नेता (जुन्टा) लाई देशमा जिहादी आक्रमणविरुद्ध लड्न असफल भएको भन्दै पदच्युत गरेका थिए ।
महासचिव गुटरेसले थप शक्ति हत्याउने तथा देशका प्रजातान्त्रिक संरचनाहरु भत्काउने जस्ता कार्य नगर्न र गर्न नदिन यहाँको सेनालाई आग्रह गरे। बुर्किना फासोका सेना प्रमुखले शुक्रबार यहाँका राष्ट्रपति सत्ताच्युत भएको घोषणा गरेका थिए । उनले देशको कार्यकारिणी अधिकार यहाँको सेनासँग रहेको पनि बताएका थिए ।
बुर्किना फासोको सरकारले सत्ता हत्याएको घटनाको युरोपेली सङ्घलगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले विरोध गरेका छन् । उनीहरुले प्रजातान्त्रिक तवरबाट सरकार सञ्चालन गर्ने वातावरण निर्माण गर्न यहाँको सेनालाई आग्रह गरेका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




