क्षमताको आधारमा नेतृत्व स्थापित हुनुपर्छ : देवेन्द्र केसी

-



     सफल आवाज    
     असाेज १७ गते २०७९ मा प्रकाशित



पोखरा, १७ असाेज । वडादसैंकाे चहलपहल बढीरहेकाे बेलामा देशैभरि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकाे माहाेल तातिरहेकाे छ ।

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार मनोनयन दर्ताको मिति नजिकिएसँगै दलहरु उम्मेद्वार छनोटको कसरतमा लागिरहेका छन्। उम्मेद्वारका आकाँक्षीहरु पनि टिकट पाउनका लागि दौडधुप गरिरहेका छन्।

पटक पटक नेतृत्वमा पुगेका पुराना जनप्रतिनिधिबाट दिक्क मानेका जनताले नयाँ तथा युवा नेतृत्व चाहेकाे त स्थानिय तहकाे निर्वाचनले देखाइसकेकाे छ ।

कास्कीमा यसपालिकाे प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दलहरुले युवा उम्मेद्वारलाइ अघि सार्ने गृहकार्य गरिरहेका देखिन्छन्। सक्षम युवा नेतृत्वकाे खोजि भईरहेको समयमा कास्की ३(ख) मा नेपाली कांग्रेसले युवा व्यवसायी देवेन्द्र केसीलाई टिकट दिने सम्भावना बलियो बनेको श्राेतले बताएकाे छ।

इतिहासको ब्याज खाने नेता भन्दा उर्जाशिल युवाको आवश्यकता भएको बहस हुन थालेकाले अहिलेकाे समयमा केसीलाई पार्टीले प्रदेश सभाको चुनाव लड्नलाई टिकट दिने चर्चा कास्की कांग्रेस वृत्तमा व्यापक चलेकाे छ । नेपाली कांग्रेसले प्रदेश सदस्य उनलाई प्रदेशसभा सदस्य उम्मेद्वार बन्नका लागि सिफारिस पनि गरिसकेकाे छ ।

पोखरेली जनतामा सामाजिक र व्यावसायीक छवि बनाएका केसीले टिकट पाएको खण्डमा अत्याधिक मतले विजयी हुने बताए । ‘पेसेवर राजनीतिले हैन् क्षमताको आधारमा नेतृत्व स्थापित हुनुपर्छ’, उनले भने । अग्रजको अनुभवलाई सम्मान गर्दै नेतृत्व युवा पुस्तालाई दिनुपर्ने उनी बताउँछन् ।

३६ बर्षीय केसी कुटी ग्रुपका दर्जन बढी व्यावसायीक संस्थालाई हाँकिरहेका छन् । कुटी रिसोर्ट, होटल कुटी, कुटी एग्रो, लेविज मिनिरल वाटर उद्योग, कुटी बैंक्युट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल, सोनिया अटोमार्ट, सल्यान भदौरे किराना स्टोर्स, बलेनी क्याफे, कुटी अपार्टमेन्ट एण्ड रियलस्टेट कम्पनी लगायतमा केसीको लगानी छ । सिर्जनशिल राजनीतिकर्मीको छवि बनाएका उनले चार सय बढीलाई रोजगारी समेत दिएका छन् ।

केसी हालै सम्पन्न भएको पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा भारी मतान्तरले विजयी भएका थिए । पोखरेलीमाझ उनकाे लोकप्रियता उद्योग वाणिज्य संघको चुनावमा प्राप्त गरेको मतले पनि देखिन्छ ।

केसीले एक हजार ७९१ मत प्राप्त गर्दा उनका निकटम प्रतिष्पर्धी हिरामणि पण्डितले ७२० मत प्राप्त गरेका थिए । केसी निर्वाचनमा होमिएको प्यानलका अधिकांश उम्मेद्वार पराजित हुँदा उनी भारी मतान्तरले विजयी भएका हुन ।