राष्ट्रसंघीय प्रमुखद्वारा शान्ति र सद्भावका लागि आह्वान

-



     सफल आवाज    
     असाेज १७ गते २०७९ मा प्रकाशित



संयुक्त राष्ट्रसङ्घ, १७ असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वमा शान्ति र सद्भाव कायम गर्नका लागि विश्वका सबै व्यक्ति तथा समुदायसँग आग्रह गरेका छन् । विश्व अहिंसा दिवसका अवसरमा आइतबार दिएको एक सन्देशमा उनले विश्वमा शान्ति सद्भाव एवं पारस्पारिक सम्मानका लागि विश्व समुदायसँग आग्रह गरेका हुन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसले भने–विश्व अहिंसा दिवस अहिंसावादी नेता महात्मा गान्धीको जन्म दिनमा मात्र मनाएको नभएर विश्वका नागरिकहरुमा आपसमा शान्ति र आपसी सम्मान कायम गर्न मनाइने गरेको उनले बताए। महासचिव गुटरेसले मानिसले एकले अर्काेलाई आपसमा सम्मान र माया दर्शाउन सकेमा विश्वमा शान्तिको स्थापना गर्न गाह्रो नभएको भन्दै उनले अहिंसावादी नेता महात्मा गान्धीबाट यो प्रेरणा लिन सकिने बताए।

उहाँले अहिले विश्वमा आन्तरिक द्वन्द्व, राजनीतिक बेमेल, गरिबी, जलवायु परिवर्तनलगायतका विभिन्न कारणले विश्वमा हिंसा बढ्दै गएको बताउँदै यसबाट बच्नका लागि पनि अहिंसात्मक सोच राख्नुपर्ने बताए। सो सन्देशमा उनले भने–हामीले आगामी विश्वलाई शान्तिपूर्ण बनाउन र नागरिकहरुमा हाल देखा परेका यी हिंसात्मक गतिविधीहरुबाट टाढा राख्नका लागि महात्मा गान्धीको अहिंसा र मानवीय सम्मानको व्यवहारबाट प्रेरणा लिन सक्दछौँ ।

विश्वमा अहिंसा दिवसका अवसरमा महासचिव गुटरेसले दिएको सो सन्देशमा उहाँले विश्वमा सम्पन्न देशले तेस्रो विश्वमा देशहरलाई सहयोग गर्नुपर्नेमा पनि जोड दिए। जलवायु परिवर्तन, गरिबी, आन्तरिक राजनीतिक द्वन्द्व आदि कारणहरुले तेस्रो विश्वका देशहरु पछि परिररहेका कारण ती देशलाई सहयोग गर्नुपर्नेमा उनले सो सन्देशमार्फत् जोड दिए ।