
ढाका, १८ असोज । बङ्गलादेशमा ग्रिडमा खराबी आएपछि मङ्गलबार अपराह्न कम्तीमा १३ करोड मानिस विद्युतविहीन भएको सरकारी विद्युत् उपभोक्ता कम्पनीले जनाएको छ । विद्युत् विकास समितिका अनुसार स्थानीय समयअनुसार दिउँसो २ बजेपछि अचानक विद्युत् आपूर्ति बन्द हुँदा देशका ८० प्रतिशतभन्दा बढी क्षेत्र प्रभावित भएका छन् ।
समितिका प्रवक्ता शमीम अहसानले एएफपीसँग भने, “बङ्गलादेशको उत्तरपश्चिमका केही स्थानबाहेक देशका बाँकी भाग विद्युतविहीन भएका छन् ।” अहसानका अनुसार १३ करोड वा सोभन्दा बढी मानिस विद्युतविहीन छन् र के कारणले यो गल्ती भएको हो भन्ने स्पष्ट हुन सकेको छैन । उनले भने, “अहिले पनि अनुसन्धान भइरहेको छ ।” प्राविधिक खराबीका कारण पनि अनुसन्धान भइरहेको उनले बताए।
सहायक प्रविधि मन्त्री जुनैद पलकले फेसबुकमा भनेछ, “राजधानी ढाकामा राति ८ बजेभित्र विद्युत सेवा सुरु हुनेछ । रूसले युक्रेनमाथि गरेको आक्रमणपछि विश्वव्यापी ऊर्जाको उच्च मूल्यका कारण बङ्गलादेशले हालैका महिनाहरूमा ठूलो विद्युत् सङ्कटको सामना गर्नुपरेको बताउने गरिएको छ ।
बिजुलीको माग पूरा गर्न पर्याप्त आयातित डिजेल र ग्याँसको मूल्य चुकाउन संघर्ष गरिरहेको दक्षिण एसियाली राष्ट्रमा लामो समयसम्म लोडसेडिङ हुन थालेपछि जनआक्रोश तीव्र भएको छ । पछिल्लो पटक सन् २०१४ को नोभेम्बरमा बङ्गलादेशको ७० प्रतिशत भूभागमा करिब १० घण्टासम्म विद्युत् आपूर्ति बन्द भएको थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




