
संयुक्त राष्ट्रसङ्घ, १९ असोज । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले कोलम्बिया सरकार र यहाँका विद्राेहीहरुलाई शान्ति वार्ताका माध्यमबाट शान्ति स्थापनाका लागि आग्रह गरेका छन् ।
महासचिव गुटरेसले यहाँको सरकार र यहाँ विद्रोह गरिरहेको नेसनल लिबरेसन आर्मी (इएलएन) लाई सो आग्रह गरेका हुन्। उनका महासचिव स्टेफान डुजारिकले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिए।
उनले भने– महासचिव गुटरेसले कोलम्बिया सरकारले विद्रोहीसँग शान्ति वार्ताको प्रक्रिया अघि बढाउने भनी हालै गरेको निर्णयको प्रशंसा गरे। साथै महासचिव गुटरेसले यस अवसरलाई सदुपयोग गर्न र वार्ताको टेबलमा बस्न यहाँका विद्रोही समूहलाई आग्रह गरेका छ्न् ।
विद्रोही समूहले सरकारसँग वार्ता गर्ने प्रयास गरेको जनाए पनि यसअघि उनीहरु नै इमान्दार नहुँदा वार्ता पटक पटक भंग हुन पुगेको कोलम्बिया सरकारले जनाएको छ । त्यसैले यस वर्ष वार्ता सफल पार्न आग्रह गरिएको महासचिवका प्रवक्ताले जनाएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




