
अङ्कारा, २० असोज । कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ । टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो ।
टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव टर्कीको प्रहरीले पास गरेको हो । कतारमा हुन गइरहेको विश्व कप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाउन लागेको हो ।
कतारले टर्कीसँग सेनाको सहयोगका लागि अनुरोध गरेको थियो र कतारमा हुने विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाएको भएको हो । सो सहयोग सम्बन्धी प्रस्ताव टर्कीको संसदमा गत शनिबार प्रस्तुत गरिएको र मङ्गलबार सो प्रस्ताव पारित भएको हो ।
उक्त प्रस्ताव अनुसार टर्कीले कतारमा छ महिनासम्मका लागि सेना पठाउने भएको छ । टर्कीले कतारमा के कतिजना सेना पठाउने भन्ने बारेमा भने केही बताइएको छैन ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




