प्रचण्डको उम्मेदवारी गोरखा-२ बाट

-



     सफल आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित



गोरखा, २३ भदौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा-२ बाट उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाहालले गोरखा-२ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

प्रचण्डले आज नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको बुझिएको छ ।

उनको उम्मेदवारी मनोनयनमा डा. भट्टराई प्रस्तावक र श्रेष्ठ समर्थक रहेका छन् । प्रचण्ड उम्मेदवारी दर्ता गराउन डा. भट्टराई र श्रेष्ठसँगै गोरखा आइपुगेका हुन् ।