सन्दीप लामिछानेलाई हिरासतमा राख्न ७ दिन म्याद थप

-



     सफल आवाज    
     असाेज २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ असोज । नाबालिग बलात्कार आरोपमा पक्राऊ परेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि हिरासतमा राख्न ७ दिन म्याद थप भएको छ । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्याद ७ दिन म्याद थप गराएर अनुसन्धान अगाडि बढाउने भएको छ ।

अमेरिकाबाट गत असोज २० मा नेपाल फर्केपछि पक्राऊ परेका लामिछानेले पहिलेदेखि नै आफू निर्दोष रहेको बताउँदै आएका र अदालतसमक्ष पनि सोही कुरा दोहोर्याएका छन् । जिल्ला अदालतबाट लिइएको ७ दिने म्याद लामिछाने पक्राऊ परेको २० गतेदेखि नै लागू हुने भएकाले उनलाई आगामी २७ गते अदालतमा पुनः हाजिर हुने सर्तमा अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ । 

यो पनि पढ्नुहोस्

आज स्वदेश फर्किएका क्रिकेटर सन्दीप विमानस्थलबाटै पक्राउ

लामिछाने जहाँ भए पनि खोजेर ल्याउँछौं: प्रहरी प्रवक्ता राई

क्रिकेट कप्तान लामिछानेमाथि नाबालिका करणीको आरोप