‘सानिमा ग्रोथ फण्ड’ निष्काशन गर्दै सानिमा क्यापिटल

-



     सफल आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ असाेज । सानिमा क्यापिटलले आगामी कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फण्ड निष्काशन गर्ने जनाएकाे छ। यो फण्ड एक बन्दमुखि योजना हो। जाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुन्छ ।

प्रतिइकाई १० रुपैयाँ दरको १२ करोड इकाईमा घटीमा १ करोड ५६ लाख इकाईकाे कोष प्रबर्धक रहेकाे सानिमा बैंकलाई छुट्याइएकाे छ । २४ लाख इकाई योजना व्यवस्थापक रहेकाे सानिमा क्यापिटलका लागि सुरक्षित गरिएको छ। बाँकी १० करोड २० लाख इकाईका लागि लगानीकर्ताले आवेदन दिन पाउनेछन्।

इकाईमा लगानी गर्न चाहने लगानीकर्ताले सो कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्। ताेकिएकाे म्यादसम्म मागअनुसारकाे आवेदन नपरेकाे खण्डमा कात्तिक ३० गतेसम्म आवेदन दिन पाइने भएकाे छ। यसका लागि लगानीकर्ताले घटीमा १०० तथा बढीमा १ करोड २० लाख इकाईका लागि आवेदन पेश गर्न पाउनेछन्।

सानिमा ग्रोथ फण्डसो इकाईका लागि साेबाेनबाट स्वीकृर्ति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र शाखाहरुबाट आवेदन दिन पाइनेछ। सानिमा ग्रोथ फण्ड इकाईको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।