
काठमाडौं, २५ असोज । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज मंगलबार प्रकाशन गर्दैछ । आयोगका अनुसार आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
आयोगका अनुसार आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज प्रकाशन हुँदैछ ।
आयोगले आइतबार उम्मेदवारी दर्ता गर्ने र सोमबार उम्मेदवार विरुद्ध उजुरी दिने तालिका निर्धारण गरेको थियो । ती उजुरीहरुमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गरिने भएको हो । उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुने आयोगको भनाइ छ ।
आज प्रकाशित नामावलीमा रहेकाहरुलाई उम्मेदवारी फिर्ता लिनका लागि बुधबार बिहान १० बजेदेखि १ बजेसम्मको समयमा दिइएको छ । यसरी उम्मेदवारी फिर्ता र उजुरी परेका हरुको अध्ययनपछि आयोगले बुधबार दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बताइएको छ । अन्तिम नामावलीमा रहेका उम्मेदवारलाई आयोगले बुधबारै ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



