
काठमाडौं, २५ असोज । नेपाल राष्ट्र बैंकले निर्देशित कर्जा कार्यक्रमको प्रभावकारिता विषयमा अध्ययन सेवा खरिदका लागि बाह्य संस्थाहरुको सूचीकरण गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले असोज २४ गते सोमबार एक सूचना जारी गरेको छ ।
नेपाल राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (चौथो संशोधन, २०७७ समेत) को दफा १८(४) र २७ र नेपाल राष्ट्र बैंक अध्ययन सेवा खरिद कार्यविधि, २०७८ को दफा ९ अनुसार देहाय बमोजिमको योग्यता पुगेका अध्ययन सेवा उपलब्ध गराउन इच्छुक इजाजतपत्र प्राप्त फर्म, कम्पनी एवम् संस्थाहरुबाट आवेदन माग गरिएको हो ।
‘मौजुदा सूची दर्ताका लागि यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक कागजात संलग्न गरी यस विभागको इमेल ठेगाना researchead@nrb.org.np मार्फत दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।
मौजुदा सूचीमा दर्ता हुनका लागि आर्थिक र वित्तीय अनुसन्धानको क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव हुनुपर्ने, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा एउटा अनुसन्धान प्रतिवेदन प्रकाशित गरेको हुनुपर्ने र मुख्य अनुसन्धानकर्ता सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण भई आर्थिक र वित्तीय अनुसन्धानको क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने पूर्वशर्तहरु रहेका छन् ।







काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



