कार्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइने

-



     सफल आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ असोज । सरकारले आगामी कार्तिक २ र ३ गते पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तालिका बनाएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आगामी कार्तिक २ र ३ गते भिटामिन  ए क्याप्सुल र जुकाको औषधि खुवाइने जानकारी दिएको हो । विभागका अनुसार भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यसैगरी १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पन खुवाइने छ । 

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालका अनुसार बताए प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई कार्यक्रम सञ्चालनका लागि जानकारी गराइसकिएको छ ।