
काठमाडौं, २५ असोज । काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परे पनि गठबन्धन तोडेर प्रतिस्पर्धा गर्ने माओवादीले घोषणा गरेको हो ।
उक्त क्षेत्रमा कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् । तर गठबन्धन तोडेको घोषणा गर्दै माओवादी नेता अञ्जना विशंखेले पनि उम्मेदवारी दिएकी छन् । यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादीले र एकीकृत समाजवादीले एक–एक वटा लिने सहमति भएकोमा सत्ता गठबन्धनका एकभन्दा बढी दलबाट उम्मेदवारी परेको छ ।
काठमाडौं १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलिप महर्जनको उम्मेदवारी परेको । यस्तै काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।
स्वच्छ प्रतिस्पर्धा गर्ने शर्तमा गठबन्धन तोडिएको प्रतिनिधिसभाकी उम्मेदवार अञ्जना विशंखेको भनाइ छ । अघिल्लो चुनावमा उक्त क्षेत्रमा बाम गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेसका राजन केसी निर्वाचित भएका थिए । कांग्रेसका केसीले २४ हजार १ सय ९० मत ल्याउँदा माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मात्रै मत ल्याएका थिए ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



