दिपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

-



     सफल आवाज    
     असाेज २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ असोज । दिपक मनाङे (राजिव गुरुङ) मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि दिपक मनाङेसँगै स्वतन्त्र उम्मेदवार दोर्जे लामाको उम्मेदवारी परेको थियो । दोर्जेले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन् ।

उक्त क्षेत्रमा कांग्रेस र एमाले दुवैले मनाङेलाई समर्थन गर्दै आफ्नातर्फबाट उम्मेदवार उठाएका थिएनन् । मनाङेले सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका भए पनि मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको घोषणा गरेका थिए । उनले गठबन्धन छोडेको बताए पनि एमालेले त्यस क्षेत्रमा आफ्ना उम्म्दवार उठाएन ।

अन्त्यमा मनाङे र दोर्जेको प्रतिस्पर्धा हुने देखिएकामा उनले उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध निर्वाचित भएका हुन् । मनाङको निर्वाचन कार्यालयका अनुसार अब मनाङेको मात्र उम्मेदवारी कायम रहेकोले र प्रक्रिया पूरा गरेर आज दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिनेछ ।