
म्यानमार, २६ असोज । सेना शासित म्यान्माको एक अदालतले अपदस्थ नेत्री आङ सान सु की लाई थप दुई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । अब उनलाई पहिलेको सुनाइएको सजायमा केही वर्ष थपेर बुधबार २६ वर्षको जेल तोकिएको छ ।
७७ वर्षीया सु कीलाई गत वर्षको फेब्रुअरी १ मा सेनाले उनको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि हिरासतमा राखेको थियो । उनले आफूमाथि लगाइएका आरोपको अस्वीकार गरेकी छिन् । नेत्री सु कीमाथि लागुऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट ५ लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो ।
सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता नेत्री सु की विरुद्ध सेनाले लगाएका धेरै आरोपमा भ्रष्टाचारका मुद्दा सबैभन्दा बढी छन् । नेत्री सुचीलाई भ्रष्टाचार विरोधी ऐन अन्तर्गत जम्मा १२ वटा मुद्दा लगाइएको छ जसमा प्रत्येकलाई १५ वर्षसम्मको जेल सजाय र जरिवाना हुनसक्छ ।
उनलाई अवैध रूपमा वाकी–टकीहरू आयात गरेर राखेको, कोरोनाभाइरसविरुद्धका प्रतिबन्धहरू उल्लङ्घन गरेको, देशको गोप्य ऐन उल्लङ्घन गरेको, देशद्रोह गरेको, चुनावमा ठगी गरेको तथा भ्रष्टाचारका पाँच आरोपमा दोषी ठहर्याएपछि २३ वर्षको जेल सजाय सुनाइएको थियो ।
नेत्री सु कीका समर्थकहरू र स्वतन्त्र विश्लेषकहरूले ती आरोप राजनीतिक रूपमा प्रेरित रहेका र उनलाई बदनाम गर्ने तथा सेनाको सत्ता कब्जालाई वैधानिक बनाउने प्रयास भएको बताएका छन् । आगामी वर्ष हुने निर्वाचनमा उनलाई भाग लिनबाट रोक्ने प्रयासमा सेनाले ती आरोप लगाएको उनीहरूको कथन छ ।
नेत्री सु की विरुद्धका मुद्दाको सुनुवाइ राजधानी नेपिटोको बाहिरी भागमा अवस्थित मुख्य कारागारको एउटा कोठामा भएको छ । उनलाई हिरासतमा लिइएदेखि सार्वजनिक रूपमा बोल्न वा भेटघाट गर्न दिइएको छैन । उनका वकिलहरूलाई पनि मुद्दाका बारेमा सार्वजनिक रूपमा बोल्न अनुमति दिइएको छैन ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




