सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     असाेज २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ असोज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले शुक्रबार असोज २८ मा बुकक्लोज हुने जनाएकाे छ।

बैंककाे कार्तिक ४ गते साधारण सभा बाेलाइएकाे छ । साे साधारण सभा काठमाडौं कालिकास्थानमा रहेकाे अमृतभोग पार्टी प्यालेसमा बाेलाइएकाे हाे। सभा पूर्वान्ह ११ बजे शुरु हुनेछ ।

सभामा बैंकका सेयरधनीहरुका लागि ९ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पेश गरिनेछ । साे लाभांश पाउन र साधारण सभामा सहभागि हुनका लागि सेयरधनीहरु नेपाल स्टक एक्सचेन्जमा आजसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । साथै उनीहरु नै लाभांश प्राप्तिका लागि याेग्य मानिने भएका छन् ।

बैंककाे साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउने साे लाभांश १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६० रुपैयाँ रहेकाे छ । उनीहरुले दीपावली अगाडी नै लाभांश पाउने भएका छन्।

साधारणा सभामा अन्य बैंकसँग गाभ्ने वा गाभिनका लागि तथा बैदेशिक साझेदारीकाे काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिनेलगायतका एजेण्डाहरु छलफलपछि पारित गरिने भएकाे छ।