बोको हरामकाे आक्रमणमा क्यामरुनमा चार सर्वसाधारणको मृत्यु

-



     सफल आवाज    
     असाेज २७ गते २०७९ मा प्रकाशित



याउण्डे, २७ असोज । आतङ्ककारी समूह बोको हरामले क्यामरुनको सुदूर उत्तरी क्षेत्रमा एउटा समुदायमा आक्रमण गर्दा कम्तीमा चार जना सर्वसाधारणको मृत्यु भएको स्थानीय र सुरक्षा स्रोतहरूले बताएका छन् ।

सो हमला क्षेत्रको टुरो जिल्लाको मौताज गाउँमा सोमबार राति भएको हो । नाम नबताउन आग्रह गर्ने एक सेना अधिकारीले सिन्ह्वालाई भने कि आतङ्कवादीहरूले सेनासँग मिलेर नागरिक समुदायमाथि आक्रमण गरेका थिए ।

नाइजेरियासँगको सिमाना बाँड्ने टुरोउमा थप सिपाहीहरू तैनाथ गरिएको छ यस क्षेत्रका बारम्बार बोको हरामको आक्रमणबाट पनि समस्याग्रस्त भएको अधिकारीले जानकारी दिएका छन् ।