
युक्रेन, २७ असोज । युक्रेनले दक्षिणमा क्षेत्र थप भूभागहरु फिर्ता गरेको छ । धेरै दिनको तीव्र रुसी क्षेप्यास्त्र हमलापछि किभमा ‘जति सक्दो चाँडो’ वायु रक्षा प्रणाली पु¥याउने पश्चिमी देशहरुको वाचालाई युक्रेनले स्वागत गरेको जनाएको छ ।
अमेरिकाको नेतृत्वमा करिब ५० देशको समूहले ब्रसेल्समा रहेको नेटो मुख्यालयमा वार्ता गरेको र किभलाई नयाँ क्षेप्यास्त्र विरोधी प्रणाली उपलब्ध गराउने वाचा गरेको हो । युक्रेन रुसी आक्रमणबाट त्रसित छ ।
यसमा परी दर्जनौं मारिएका र घाइते भएका छन् साथै गाउँ र सहरहरू विद्युत र तातो पानीविहीन छन् । ‘प्रणालीहरू उपलब्ध गराइनेछ, जति छिटो हामी तिनीहरूलाई भौतिक रूपमा त्यहाँ पु¥याउन सक्छौं,’ अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले बैठकपछि जानकारी दिए।
पश्चिमी ऐक्यवद्धताको थप प्रदर्शनमा, जी७ ले आवश्यता भएसम्म युक्रेनको साथमा उभिने वाचा गरेको छ । बलियो युक्रेनको दिशातर्फ अघि बढ्नको लागि आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष प्रमुख क्रिस्टालिना जर्जिएभाले वाचा गरे। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसी क्षेप्यास्त्र आक्रमणलाई आतङ्कवादको कार्यको रूपमा वर्णन गरे।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




