लायन्स डिष्ट्रिक्ट ‘३२५ के’ नेपालको पोखरामा हुने दोस्रो क्याविनेट मिटिङकाे यस्ताे छ तयारी

-



     सफल आवाज    
     असाेज २७ गते २०७९ मा प्रकाशित



पाेखरा, २७ असाेज । लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको दोस्रो क्याविनेट मिटिङ पोखरामा हुने भएको छ । आगामी कार्तिक ४ र ५ गते पर्यटकीय नगरी पोखरामा हुने डिष्ट्रिक्टको दोस्रो क्याविनेट मिटिङलाई सफलतापुर्वक सम्पन्न गर्न हाेस्ट क्लबहरू सहित आयाेजक टिमले तयारीलाई तिव्र बनाएका छन ।

डिष्ट्रिक्ट ‘के’ अन्तर्गतका १ सय ६२ क्लबबाट करिब १२ सय भन्दा बढी लायन सदस्यहरुको सहभागिता रहने अनुमान गरिएको उक्त क्याविनेट मिटिङकाे प्रि-रजिस्ट्रेशनको समय भाेलि असाेज २८ गतेसम्म तोकिएको क्याबिनेट मिटिङ मूल आयोजक समितिका संयोजक लायन बसन्त गिरिले जानकारी दिएका छन।आज बिहिबारसम्म ४५० भन्दा बढी लायन्सले सहभागिताका लागी नाम दर्ता गराइसकेको संयाेजक गिरिले बताए ।

लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर लायन राजेन्द्र कुमार बाटाजुका अनुसार पाेखरामा हुन गइरहेकाे याे दोस्रो क्याविनेट मिटिङमा डिष्ट्रिक्टले हालसम्म गरेका कार्यहरू र भविष्यमा गरिने कार्यक्रमहरूकाे बारेमा छलफल हुनेछ । क्याविनेट मिटिङले लायन्स सदस्यहरू बिच फेलाेशिप बृद्दी गराउने र यसले समग्र पाेखराकाे पर्यटन प्रबर्धनमा समेत टेवा पुग्ने गभर्नर बाटाजुले बताएका छन । उनका अनुसार पोखराको माटेपानी स्थित एस. आर. केसी. बेन्क्यूटमा २ दिनसम्म सञ्चालन हुने यस क्याविनेट मिटिङमा अग्रज लायन लिडरहरू, क्याविनेटका सिनियर साथीहरु, क्लव अध्यक्ष,पदाधिकारी र सदस्यहरुकाे सहभागिता हुनेछ।

क्याविनेट मिटिङकाे प्रि-रजिस्ट्रेशनका लागि बागमती एरिया संयोजकमा लायन शैलेन्द्र दाहाल, बागलुङ एरिया संयोजकमा लायन दुर्गा कुँवर, पर्वत एरिया संयोजकमा लायन बिषम कुमार श्रेष्ठ र गण्डकी एरिया संयोजकमा लायन टिकाराम सुबेदीलाई जिम्मेवारी तोकिएको बताइएकाे छ ।

त्यस्तै हल तथा स्टेज व्यवस्थापन उपसमिति, रजिष्ट्रेशन उपसमिति, किट व्यवस्थापन उपसमिति, खाना तथा खाजा (भोजन) व्यवस्थापन उपसमिति, होटल (आवास) व्यवस्थापन उपसमिति, अतिथि सत्कार ब्यबस्थापन उपसमिति, स्वागत ब्यवस्थापन उपसिमित, सांस्कृतिक एवं मनोरन्जन उपसमिति लगायतका बिभिन्न उप समिति गठन गरी तयारीलाइ तिव्र बनाइएकाे मुल आयोजक समितिका संयोजक लायन बसन्त गिरिले जानकारी दिए ।

पाेखराका ८ वटा क्लबहरुले दोस्रो क्याविनेट मिटिङको होस्ट क्लबका रुपमा जिम्मेवारी पाएका छन् । लायन्स क्लब अफ पोखरा पिस चौतारी, लायन्स क्लब अफ पोखरा आँगन, लायन्स क्लब अफ पोखरा युनिटी चौतारी, लायन्स क्लब अफ पोखरा सम्बृद्धी, लायन्स क्लब अफ पोखरा माउन्टेन भ्यू सिटी, लायन्स क्लब अफ पोखरा कुमुद, लायन्स क्लब अफ पोखरा ग्यालेक्सी र लायन्स क्लब अफ पोखरा डायनामिक हाेस्ट क्लबका रूपमा रहेका छन् ।

स्मरण रहाेस, डिष्ट्रिक्ट गभर्नर लायन राजेन्द्र कुमार बाटाजुकाे नेतृत्वमा रहेकाे डिष्ट्रिक्ट ३२५ के नेपाल सेप्टेम्बर महिनामा सबैभन्दा बढी क्लब खाेल्ने पहिलाे डिष्ट्रिक्ट बन्न सफल भएकाे थियाे । साथै यही डिष्ट्रिक्टका लायन लिडर बालकृष्ण बुर्लाकाेटी आगामी जुन महिनामा अमेरिकाकाे बाेष्टनमा हुने इन्टरनेशनल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टर समेत बन्दैछन ।