सेबाेनमा राेजगारीकाे अवसर: २३ पदका लागी आवेदन माग

-



     सफल आवाज    
     असाेज २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ असाेज । जागिरकाे खाेजिमा रहेका सक्षम उम्मेदवारहरुकाे लागि जागिर खाने अवसर सेबाेनले ल्याएकाे छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २३ वटा विभिन्न पदका लागि आज दरखास्त माग गरेकाे छ। 

सेबोनले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट माग गरिएका पदहरुकाे परिपूर्ति गर्नका लागि दरखास्त आव्हान गरेकाे हाे ।

सेबोनले दरखास्त गरेका पदहरुमा निर्देशकका लागि ४ जना, सहायक निर्देशकका लागि १६ जना र वरिष्ठ सहायक पदका लागि ३ जना गरी २३ वटा रहेका छन् ।

यी पदहरुमा दरखास्त पेश गर्न चाहने उम्मेदवारले आगामी कात्तिक ७ गतेसम्म ललितपुर खुमलटारस्थित नेपाल धितोपत्र बोर्डकाे कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।

ताेकिएकाे म्यादभित्र दरखास्त दिन नसकेकाे खण्डमा दाेब्बर दस्तुर तिरेर कात्तिक २४ गतेसम्म दरखास्त दिन पाइने सेबाेनले जनाएकाे छ। दरखास्त फाराम सेबाेनकाे वेब साइट www.sebon.gov.np मा गएर निर्दिष्ट ढाँचामा भरेर पेश गर्नुपर्नेछ ।

सेबाेनका अनुसार परीक्षा लिखित र अन्तर्वार्ता दुइ तवरकाे हुनेछ।