
काठमाडौं, २९ असाेज । इष्टर्न हाइड्रोपावरकाे सेयरमा पहिलाे दिनमै माग भन्दा बढी आवेदन परेको छ । कम्पनीले शुक्रबारदेखि निष्काशन गरेको सेयरमा २.५३ गुणा बढी सेयर माग गरिएकाे सिडिएस एण्ड क्लियरिङ्गले जनाएकाे छ ।
सेयरमा १ लाख ३५ हजार ४२९ वटा आवेदन पेश भएका छन् । ती आवेदनबाट १५ करोड ८० लाख ४१ हजार रुपैयाँ बराबरको १५ लाख ८० हजार ४१० कित्ता सेयर माग गरिएकाे छ ।
कम्पनीले सर्वसाधारणका लागि ६ लाख २३ हजार ३८९ कित्ता सेयर निष्काशन गरेकाे हाे । यसकाे पहिलाे दिनमै २.५३ गुणा बढी आवेदन परेकाे छ ।
शुक्रबार निष्काशन गरिएकाे ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण सेयरबाट र १३ हजार ४०६ कित्ता कर्मचारीहरु र ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएकाे छ । सर्वसाधारणले ६ लाख २३ हजार ३८९ कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
सेयर निष्काशन भएकाे पहिलाे दिनमै मागभन्दा बढी आवेदन परेकाेले कात्तिक गतेसम्म मात्रै आवेदन पेश गर्न पाइनेछ सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
चुक्ता पूँजी रु ४९ करोड ६० लाख रहेको छ । सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी रु ६२ करोड पुग्ने भएकाे छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमवि क्यापिटल लिमिटेड रहेको छ । यसकाे प्रत्याभूतिकर्ता मुक्तिनाथ क्यापिटल हाे ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



