शताब्दी पुरुष सत्यमोहन जोशी रहेनन्

-



     सफल आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० असोज। शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको उपचारकै क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको उनकाे उपचारमा संलग्न डा सुरज बज्राचार्यले जानकारी दिए ।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।