सोसाईटी अफ एनेस्थेसियोलोजिष्ट (सान) पोखराले मनायो एनेस्थेसिया डे २०२२

-



     सफल आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित



पोखरा, ३० असोज । सोसाईटी अफ एनेस्थेसियोलोजिष्ट (सान) पोखराले आज ‘मेडिकेसन सेफ्ली’ नाराकासाथ पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एनेस्थेसिया डे २०२२ मनाएको छ ।

सन १८४६ अक्टुबर १६ तारिखबाट शुरु भएको यसको इतिहासलाई जीवन्त बनाउन र जनमानसमा दिवसका बारेमा जानकारी दिन दिवस मनाईएको सान पाेखराका एनेस्थेसियोलोजिष्ट डा.माया लामाले बताईन ।

अहिले हाम्रो परिवार ठूलो भएको छ । याे सेवा स्वास्थ्य क्षेत्रमा नभै नहुने भएको छ । अप्रेसनको बेलामा वा आईसियूमा बसेको बेला होस् वा दुखाई कम गराउने बेलामा मुख्य भूमिका एनेस्थेसियोलोजिष्टको नै हुन्छ । बिरामीलाई बेहोस् बनाउने काम हाम्रो हुन्छ त्यसपछि बिरामीको उपाचार सम्बन्धित डाक्टरले शुरु गर्दछन्, डा.लामाले बताईन् ।

एनेस्थेसियोलोजिष्ट डा.हरि पौडेलले संचालन गरेको कार्यक्रममा डा.लामाले भनिन्, मैले यसमा काम गरेको २५ वर्ष भईसकेको छ यसमा गर्व लागेकाे छ । समाजलाई स्वस्थ बनाउने हामी सबैको दायित्व हो । यसमा, सर्जरी, नर्सिङसहित टिमवर्क जोडिएको हुन्छ ।

डाक्टर लामाले विश्वमा दिवस मनाउन लागेको १७६ वर्ष भईसकेको बताईन्। हामी यहि सेवामा दिनहुँ लागिरहे पनि अलि पर्दा पछाडी रहेको जस्तो लागिरहेकाे । यसैको महत्वका बारेमा जनमानसमा पनि सचेतना जगाउन दिवसलाई मनाईएको उनले बताईन् ।

कार्यक्रममा एनेस्थेसियोलोजिष्ट डा.हेमलाल भण्डारी, डा.रोहिणी सिग्देल, डा.पंकज वराल, डा.डायमण्ड लामिछाने, डा.हरि पौडेल, डा.शुसिल तिमिल्सिना लगायतले एनेस्थेसिया डे का बारेमा बोलेका थिए ।