श्रीलङ्कामा बाढी र पहिरोमा परी ३ जनाको मृत्यु, ५५ हजारभन्दा बढी प्रभावित

-



     सफल आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित



कोलम्बो, ३० असोज । श्रीलङ्कामा गएको ७२ घण्टामा बाढी र पहिरोबाट तीन जनाको मृत्यु भएको छ भने १३ हजार ९०२ परिवारका ५५ हजार भन्दा बढी मानिस प्रभावित भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार जनाएको छ।

बाढी र पहिरो ल्याउने मनसुन बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ । यसैबीच केही क्षेत्रमा बाढीको जोखिम बढ्ने बताइएको छ । प्रतिकूल मौसमलाई ध्यानमा राख्दै छ जिल्लाका लागि जारी गरिएको पहिरोको चेतावनीलाई थप गरिएको डीएमसीले जनाएको छ ।

हालको भारी वर्षा देश नजिकैको इन्टरट्रोपिकल कन्भर्जेन्स जोन (आईटीसीजेड) को प्रभावका कारण भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।