
तनहुँ, ३१ असोज । तनहुँको परेवाडाँडामा १ करोडभन्दा बढीको लगानीमा जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालनमा ल्याइने भएको छ ।
सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले जिपलाइन र स्काई रोप साइक्लिङको सुविधा थप गर्न लागेको हो । रिसोर्टका सञ्चालक विवेक सापकोटाका अनुसार केही दिनमा जिपलाइन तयार हुनेछ । स्काई रोप साइक्लिङका लागि भने कात्तिक मसान्तसम्म लाग्न सक्नेछ ।
सापकोटाको भनाइ अनुसार मादी नदी वारपार गर्नेगरी ५ सय मिटरको जिपलाइन सञ्चालनमा ल्याइन लागेको हो । उक्त जिपलाइन परेवाडाँडाबाट चिन्तुडाँडासम्म पुग्ने व्यवस्था गरिएको छ । रिसोर्टले ९० फिट उचाईमा १ सय मिटरको स्काई रोप साइक्लिङको परीक्षण पनि गरिररहेको छ ।’
जिपलाइनका लागि १ हजार ५ सय र स्काई रोप साइक्लिङ (दुईतर्फी) का लागि १ हजार शुल्क तोकिएको छ । रिसोर्टले जिपलाइन र स्काई रोप साइक्लिङका लागि मात्र १ करोड २५ लाख रुपैयाँ बजेट छुट्याएको सापकोटाको भनाइ छ ।
यो रिसोर्ट दमौलीबाट ५ किमी उत्तर परेवाडाँडामा १० रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल यहाँ ४ रोपनी जग्गामा विभिन्न संरचनाहरू तयार गरिँदैछन् । आउने २ वर्षमा लक्जरी रूम, स्विमिङ पुल, चिल्ड्रेन फनपार्क लगायतका संरचना समेत थप्ने योजना रहेको सापकोटाले जानकाररी दिए ।
रिसोर्टले २ वर्ष अगाडिदेखि जोइन्ट स्विङ सञ्चालन गरिरहेको छ । ९० केजीसम्मका व्यक्तिले स्विङ खेल्न सक्ने सापकोटा बताउँछन्।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



