
काठमाडौं, १ कात्तिक । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ७३ करोडभन्दा बढी रकम तिरेको छ । कम्पनीले तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापत सोमबार यी दुई संस्थालाई ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको निगमले जनाएको छ ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएको थियो । कर्मचारी सञ्चय कोषबाट न्यारोबडी जहाज खरिदकोलागि लिइएको सावाँ र ब्याज बापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ बुझाइएको हो ।
यसैगरी नागरिक लगानी कोषलाई वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता बापतको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २८१ किस्ता बापतको रकम भुक्तानी गरिएको हो ।
केही वर्षयता निगम घाटामा गएकाले ऋण तिर्नसक्ने अवस्थामा थिएन । हालको नेतृत्वले निगमको व्यवस्थापन सम्हालेपछि नियमित उडान, अकुपेन्सी दरमा सुधारबाट आम्दानीमा वृद्धि गरेर संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न सक्ने अवस्थामा पुगकेको निगमले जनाएको छ ।
यसअघि निगमले गत असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



