
काठमाडौं, २ कात्तिक । नाबालिग बलात्कार अभियोगमा पक्राऊ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपिने भएको छ । हिरासतमा रहेका लामिछानेलाई थप ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले बुधबार अनुमति दिएको हो ।
प्रहरीले लामिछानेलाई आज बिहान अदालतमा पेश गरेर अनुसन्धानका लागि सात दिनको समय थप गर्न माग गरेको थियो । अदालतले भने चार दिन म्याद थप गरेर आगामी कात्तिक ६ गते आइतबार प्रतिवेदन सहित पेश गर्न प्रहरीलाई अनुमति दिएपछि उनी अनुसन्धानका लागि अझै ४ दिन हिरासतमा रहने भएका हुन् ।
लामिछानेलाई अदालतमा पेश गरिएको यो तेस्रो पटक हो । उनीमाथि नाबालिगलाई बलात्कार गरेको उजुरी परेपछि गत असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राऊ गरिएको थियो । पक्राऊ परेकै दिन पहिलो पटक र असोज २७ गते दोस्रोपटक अदालतमा पेश गरिएका लामिछानेलाई आज तेस्रो पटक अदालतसामु पेश गरिएको हो ।
उनलाई हिजो कात्तिक १ गते फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न अनुमति दिइएकोमा सार्वजनिक बिदा परेकाले अदालत बिदा भएको हुँदा आज अदालतमा पेश गरिएको हो ।
लामिछानेले आफूलाई होटलमा लगेर बलात्कार गरेको भन्दै एक किशोरीले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछानेले भने आफू निर्दोष रहेको अदालतसमक्ष बयान दिँदै आएका छन् । गवपनीयताका लागि नाम परिवर्तन गरेर जुनेली राखिएकी जाहेरीवाला किशोरी हाल माइती नेपालको संरक्षणमा छिन् ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



