
नयाँ दिल्ली, २ कात्तिक । भारतको विपक्षी दल, राष्ट्रिय काङ्ग्रेस पार्टी (आईएनसी) को अध्यक्षमा मल्लिकार्जुन खड़गे निर्वाचित भएका छन् । आईएनसीले मल्लिकार्जुन खड़गेलाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको पार्टीका नेता मधुसुदन मिस्त्रीले बुधबार जानकारी दिए।
निर्वाचन अधिकृत मिस्त्रीले सञ्चारकर्मीसँग भने, “कूल नौ हजार ३८५ मत खसेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा खड्गेलाई सात हजार ८९७ मत प्राप्त भएको छ । उनीसँग अध्यक्षका लागि प्रतिस्पर्धा गरेका काङ्ग्रेस नेता शशि थरूरले एक हजार ७२ मत प्राप्त गरे । साथै, खसेको कूल मतमध्ये ४१६ मत बदर भएको छ ।”
निर्वाचन अधिकृत मिस्त्रीले सञ्चारकर्मीसँग भने, “थरुरले हार स्वीकार गर्दै खड़गेको सफलताको कामना गरे। नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्राप्त अत्यधिक बहुमतसँगै खड़गे २४ वर्षमा पहिलो पटक गैर–गान्धी परिवारबाट काङ्ग्रेसको नेतृत्वमा चयन भए ।
गान्धी परिवारले आफूलाई शीर्ष पदबाट अलग गरेको छ र मतदानमा कुनै पनि उम्मेदवारलाई समर्थन नगरेको बताइएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




