माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको पत्र

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ कार्तिक । निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्र पठाएको छ ।

आगामी संसदीय निर्वाचनमा रौटहट १ का उम्मेदवार नेपाललाई आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्रसहित आग्रह गरेको हो ।

नेता नेपालले केही दिनअघि चुनावी प्रचारप्रसारमा फ्रि भिसा, फ्रि टिकटको बिषयमा दिएको प्रतिकृया पछिल्लो समय समाजिक सञ्जालमा विवादित बनेको छ । त्यही भिडियोका आधारमा उक्त दफाको निर्वाचन कसुर गरेको आरोप लागेका व्यक्तिलाई कारबाही अघि बढाउन आग्रह गर्दै प्रहरीलाई पत्र पठाइएको निर्वाचन आयोगले जनाएको छ ।