
नर्मदा, ३ कात्तिक । प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार गुजरातको एकता नगरमा मिशन लाइफ अभियानको शुभारम्भ गरेका छन्।
प्रधानमन्त्री मोदीद्वारा परिकल्पना गरिएको मिशन लाइफ भारतको नेतृत्वमा विश्वव्यापीरूपमा व्यापक जनसहभागिता सहित वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कार्यक्रम हो ।
मिशन लाइफ कार्यक्रम अन्तर्गत संयुक्त राष्ट्रसंघ र अन्य अन्तरराष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन का असर सम्बोधन गर्ने र दिगो विकास लक्ष्यहरूको प्रारम्भिक उपलब्धिहरू प्रदर्शन गर्नको लागि भारतको पहल महत्त्वपूर्ण हुने अपेक्षा राखिएको छ ।
यसअघि प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरे। दुवैले केभाडियाको स्ट्याच्यु अफ युनिटीमा पुष्पहार अर्पण गरेका थिए । संयुक्त राष्ट्रसंघका महासचिव मिशन लाइफ (पर्यावरणका लागि जीवन शैली) पुस्तिका, लोगो र ट्यागलाइनको विमोचनमा प्रधानमन्त्री मोदीसँग सामेल भएका थिए ।
राष्ट्रसंघका महासचिव तीन दिने भारत भ्रमणमा हुनुहुन्छ । बुधवार गुटेरेसले विदेश मन्त्री एस जयशंकरलाई भेटी बहुपक्षीयतामा विश्वव्यापी चिन्ता र चुनौतीहरूका विषयमा छलफल गर्नु भएको थियो।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




