बाराही हाइड्रोपावरको सेयरमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     कार्तिक ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ कात्तिक । बाराही हाइड्रोपावरकाे सेयरमा आजदेखि आवेदन खुल्ला भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेकाे हाे ।

सेयरमा लगानी गर्न चाहने बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ र जैमिनी नगरपालिकाका अन्य वडाहरुका लगानीकर्ताले आवेदन दिन पाउनेछन्।

सेयर लगानी गर्नका लागि घटीमा १० कित्ता तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसका लागि कात्तिक १८ गतेसम्म आवेदन दिन पाइनेछ । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन पेश नभएमा मंसिर ४ गतेसम्म आवेदन दिन पाइनेछ ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरामा रहेका शाखा, कुमारी बैंकको राहालेमा रहेकाे शाखा तथा गरिमा विकास बैंकको ट्राफिक चोकमा रहेकाे शाखाबाट आवेदन दिन सक्नेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।